काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले ग्रामिण अल्ट्रासाउन्ड सेवा शुभारम्भ कार्यक्रम गरेको छ ।
गाउँपालिकाले महिलाको भिडियो एक्सरे (अल्ट्रासाउन्ड, यूएसजी) प्रत्येक वडाको स्वास्थ्य संस्थामा नै प्रदान गर्न ग्रामिण अल्ट्रासाउन्ड सेवा शुभारम्भ कार्यक्रम गरेको हो ।
त्यस्तै, गर्भावस्थामै समयमा आमा र बच्चाको जटिलता पत्ता लगाई मातृ मृत्यु दर र नवजात शिशु मृत्यु दरमा कमि ल्याउन सो कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।