बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

कृष्णपुर नगरपालिकद्वारा छाडा चौपाया व्यवस्थापन



काठमाडौं । कृष्णपुर नगरपालिकाले छाडा चौपाया व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि नगरपालिकाका पाँच स्थान तोकिएका छन् ।

निगाली, वनहरा, गजविजुला, वनदेवी र ग्वासी समैजीमा एक हजार एक सय छाडा चौपाया व्यवस्थापन गरिएको छ । छाडा चौपायाका लागि तत्काल टहरा र ‘मेसवायर’ जडान गरी व्यवस्थापन गरिएको नगर प्रमुख हेमराज ओझाले बताए ।

“जेठ महिनाभित्रै स्थायी प्रकृतिका भौतिक पूर्वाधार निर्माण गरी छाडा चौपाया व्यवस्थापनको कार्यलाई टुङ्गोमा पुयाउछौंँ” उनँले भने, “त्यसका लागि कार्य अगाडि बढाइसकेका छौंँ ।” उनँका अनुसार हालसम्म छाडा चौपाया व्यवस्थान गर्नका लागि रु १६ लाख बढी रकम खर्च गरिएको छ ।

छाडा चौपाया व्यवस्थापन गरिएका पाँच वटै स्थानमा रु १५ हजार तलब दिने गरी हेरालाको व्यवस्था गरिएको उहाँले बताउनुभयो । व्यवस्थापन गरिएका चौपायालाई चारोको व्यवस्था गर्ने र वन क्षेत्रमा चरनका लागि लैजाने ल्याउने कार्य हेरालाले गर्ने गरी राखिएको छ ।

छाडा चौपायालाई खुवाउनका लागि सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा ५० क्वीन्टल प्लेट दाना, ५० ट्राली पराल प्राप्त भएको छ । रु ५० हजार रकम खर्च गरेर नगरपालिकाले थप दाना र पराल खरिद गरी छाडा चौपायालाई खुवाउने कार्य भइरहेको नगर प्रमुख ओझोको भनाइ रहेको छ ।

नगरपालिका र लालझाडी गाउँपालिकाको संयुक्त साझेदारीमा छिट्टै छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिन लागेको उनँले जानकारी दिए ।

“छाडा चौपाया व्यवस्थापनको कार्यका लागि दुवै स्थानीय तहबीच छलफल गरी सहमति भएको छ” उनले भने, “दुवै स्थानित तहले आधा–आधा लागत खर्च व्यहोर्ने गरी कार्य अगाडि बढछ ।” नगरपालिका क्षेत्रमा विगतमा छाडा चौपायाका कारण किसानले निकै हैरानी खेप्दै आएका थिए ।


प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १ : २४ बजे