५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

नेपालको परिवर्तन २०४७ सालतिर फर्काउन खोजिएको विप्लपको आरोप



काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको परिवर्तनलाई २०४७ सालतिर फर्काउन षड्यन्त्र भइरहेको बताएका छन् । उनले परिवर्तनका वाहक उत्पीडित समुदायलाई अहिले अपराधीकरण गर्न खोजिएको भन्दै यस्तो हुन कदापी नदिने बताएका छन् । आज ९आइतबार० माओवादी धारको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै विप्लवले अपराधीकरण गर्न खोजिएकाले टिक्न नसक्ने बताए ।

‘जनताको तागतले जन्मिएको व्यवस्थालाई जनताको तागतले परिवर्तन ल्याएकालाई दलालहरूले मुठ्ठीमा लग्न खोजे । पुँजीपति वर्गले देशलाई कब्जा गरेर परिवर्तनका बाहक श्रमिक जनतालाई अपराधीकरण गर्न खोजिँदै छ । त्यस्ता व्यक्तिहरू देशमा टिक्न सक्ने छैनन्’ विप्लवले भने, ‘तिनीहरूले जति नै दुस्साहस गरे पनि यो आन्दोलन वा प्रतिवाद प्रतिरोधका सामु टिक्न सक्ने छैनन् ।’ यो देशमा उत्पीडित समुदाय, कमैया मुक्त, श्रमिक र दलितले विद्रोह गरेको देख्न नचाहनेहरू प्रवृत्ति हाबी रहेको विप्लवले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ४ : २९ बजे