२८ आश्विन २०८३, बुधबार Thu Oct 15 2026

कृषि क्षेत्रमा उपलब्धिमूलक बनाउन समूहमा लगानी गछौं : मुख्यमन्त्री जम्कट्टेल



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा गरेको लगानी उपलब्धिमूलक बनाउन समूहमा लगानी गर्ने बताएका छन्। एक कार्यक्रममा बोल्दै उनले विगतमा गरिएको लगानीले जनजीवनमा प्रभाव नपारेको भन्दै यसपटक समूह वा वडालाई नै पकेट क्षेत्र बनाएर लगानी गर्ने बताए।

प्रदेश सरकारले हरेक क्षेत्रमा उपलब्धिमूलक काम गर्नका लागि ठूला आयोजनामा लगानी गरी जनतालाई महसुस हुने गरी विकास गर्ने योजना रहेको उनको भनाइ छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १२ : २४ बजे