बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन



काठमाडौं । सी जिनपिङले चीनको राष्ट्रपतिका रुपमा ऐतिहासिक तेस्रो कार्यकाल शुरु गरेका छन् । उनी १४औं राष्ट्रिय जनकङ्ग्रेसको अधिवेशनबाट सर्वसम्मतिले राष्ट्रपतिमा चयन भएका हुन् ।

ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कङ्ग्रेस एनपीसी का झण्डै तीन हजार सदस्यले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उनले संविधानप्रति प्रतिबद्ध रहने बताएका छन् । योसँगै उनलाई माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा चित्रण गरिएको छ ।

यसअघि नै संसद्ले राष्ट्रपतिको दुई कार्यकालको सीमा संविधान हटाउने निर्णय गरेको थियो । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत भए । झाओ लेजी संसद्का नयाँ सभामुख र हान झेङ्ग उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १ : ०७ बजे