काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले शिक्षा शैक्षिक सत्र २०७९ मा गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ ।
गाउँपालिकाले परीक्षामा उत्कृष्ट गर्नेलाई सो पुरस्कृत गर्ने निर्णय गरेको हो । त्यस्तै, गाउँपालिकाले परिक्षामा ए प्लस ल्याउने विद्यार्थलाई रु १ लाख दिने भएको छ ।
त्यस्तै, पालिकामा भरि नै उत्कृष्ट आउने एक छात्र र एक छात्रालाई पनि रु एक लाख दिने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै, पालिकामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयका शिक्षकलाई पनि गाउँपालिकाले रु २५ हजार दिने भएको छ ।