कैलाली । कैलालीको मोहन्याल गाउँपालिका र लम्की चुहा नगरपालिकाको सीमा बिवाद मिलाउन स्थलगत निरीक्षण गरिएको छ ।
त्यसको लागि मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय, उपाध्यक्ष कमल साउद र लम्की चुहा नगरपालिकाकी मेयर सुशिला शाही, वडा नम्बर ३ का अध्यक्ष र प्रवक्त लभ शाहीले संयुक्त रुपमा स्थगत निरीक्षण गरेका छन् ।
मोहन्याल गाउँपालिकाका जनप्रतिनिधि र लम्की चुहा नगरपालिका जनप्रतिनिधिहरुको संयुक्त पहलमा सीमा विवाद जस्तो सम्वेदनशील विषयमा मित्रवत ढंगले समाधान गर्ने गरी लिखित रुपमा सहमति गर्ने भएका छन् ।
मोहन्याल गाउँपालिका र लम्की चुहा नगरपालिकाबीच भएको सीमा विवाद आपसरी टुंग्याउने प्रयास भएकाले दुवै स्थानीय तहबीच मित्रवत सम्बन्ध हुने पनि बताइएको छ ।