५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

रामचन्द्र राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्रीले दिए बधाई



काठमाडौं।नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई ज्ञापन गरेका छन्। एक समारोहबीच प्रधानमन्त्रीले राष्ट्रपतिलाई बधाई दिएका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ७ : २९ बजे