माघ ५, २०८१ शनिबार Sat Jan 18 2025

बालविवाह रोक्न भन्दै अब विवाह गर्दा स्थानीय तहबाट अनुमति लिनुपर्ने



दैलेख। दैलेखको गुराँस गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले विवाह गर्नुअघि अनुमति लिन सूचना जारी गरेको छ ।

बालविवाह रोक्न भन्दै कार्यालयले वडाभित्र वैवाहिक कार्य गर्नुअघि अनुमति लिन भनेको हो ।

अनुमति लिएर मात्र विवाह गर्न सूचना जारी गरेको वडा कार्यालयले विवाह दर्ता गर्न आउँदा वडा कार्यालयले दिएको वैवाहिक अनुमतिपत्र अनिवार्य रुपमा ल्याउनुपर्ने सर्त राखेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १ : ४५ बजे