काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मी पाण्डेले ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छिन् । अध्यक्ष पाण्डेले नारी दिवसले लैङ्गिक समानताको नवप्रवर्तन भएको बताएकी छिन् ।
त्यस्तै, नेपाल सरकारले लैङ्गिक समानताको बलियो आधार प्रविधिमा महिला पहुँचको विस्तार तय गरेको विज्ञप्तीमा भनिएको छ । त्यस्तै, उनले नारी दिवसले अन्तरािष्ट्रय र राष्ट्रय नाराको रुपमा सूचना प्रविधिमा महिलाहरुको पहुँचलाई प्राथमिका दिएको उल्लेख गरिन् ।
उनले स्थानीय सरकारमा हाल ४१ प्रतिशत महिलाको सहभागिता रहेको समेत प्रष्ट पारिन् । संख्यात्मकरुपमा यो उपस्थिति सन्तोषजनक रहेतापनि महिलाहरुको पहुँच अझ बढि बढाउन जरुरी रहेको भनिएको छ ।
त्यस्तै, सबै स्थानीय सरकारमा नीति तथा कार्यक्रममको तर्जुमा, कार्यानवयन र लाँभको बाँडफाड प्रक्रियामा महिलाहरुको अर्थपूर्ण पहुँच बढाउन विशेष ध्यान दिन आह्रान गरेकी छिन् ।