२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

प्रचण्डविरुद्ध मुद्दा हालेर देशलाई फसाउने गम्भीर षडयन्त्र भएको छ : भट्टराई



काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर फेरि देशमा द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्र अन्तर्गत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि सर्वोच्चमा मुद्दा हाल्ने काम भएको उल्लेख गरेका छन् ।

भट्टराईले सत्य निरूपण तथा मेलमिलाप आयोगले गर्ने काम आदलमा लगरे देशमा पुनः अशान्तिर धकेलिएको बताएका छन् । देश अस्थिरतामा जाँदा बाह्य शक्तिको चलखेल हुने भएकाले षडयन्त्रपूर्ण खेल खेलिएको उनको भनाइ छ । त्यसका विरुद्ध आवाज उठाउन पनि सबैलाई उनले आह्वान गरे ।

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू प्रधानमन्त्री हुँदा शान्ति सम्झौतालाई पूर्णता दिनका लागि जारी गरिएको अध्यादेश पनि अदालतमा मुद्दा हालेर अघि बढ्न नदिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ५ : १० बजे