२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

जनकपुरधाममा आज महामूर्ख सम्मेलन



जनकपुरधाम । होलीका अवसरमा जनकपुरधाममा मंगलबार महामूर्ख सम्मेलन हुँदैछ।

दुई दिवसीय होली महोत्सवअन्तर्गत हुने महामूर्ख सम्मेलन सबैको आकर्षणको केन्द्रको रूपमा रहेको छ। महामूर्खको उपाधिका लागि विभिन्न व्यक्ति प्रतिस्पर्धामा रहेको मिथिला नाट्यकला परिषद्का महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिए।

कार्यक्रममा मिनापको हास्य शैलीको व्यङ्ग्यपूर्ण नाट्य प्रस्तुति, मिनापद्वारा होरी गायन, हास्य कवि गोष्ठी, सम्मान, मूर्ख एवं महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान तथा प्रेमोपहार वितरण गर्ने उनले बताए।

अघिल्लो वर्ष ‘महामूर्ख’को उपाधि मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा। भोगेन्द्र झालाई प्रदान गरिएको थियो। २०६१ मा जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो ।

दुईदिवसीय होरी महोत्सवअन्तर्गत सोमबार जोगिरा गीत प्रतियोगिता सम्पन्न भएको छ। होली महोत्सवमा सहभागी भएका होरैया टोलीलाई नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गर्ने बताइएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ८ : ४४ बजे