सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष अध्यक्ष राजकुमार महतोले वडा नं ६ स्थित नाढिमैन ताल परिसरमा बन्न लागेको प्रशासकीय भवनको शिलान्यास गरेका हुन् ।
अध्यक्ष महत्तोले गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यले अतिक्रमणमा पर्दै आएको ऐतिहासिक नाढिमैन तालको संरक्षण र विकास समेत मद्दत पुग्ने बताएका छन् । त्यस्तै, भवन शिलान्यास गर्दै अध्यक्ष महतोले चुनावका बेला आफूले गरेको प्रतिबद्धता पूरा हुने बताएका थिए ।
उनले सयौं वर्ष पुरानो इतिहास बोकेको यस ताल क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकास गर्न सबैको साथ आवश्यक रहेको बताएका थिए । भनव निर्माण साढे ११ करोड लाग्ने अनुमान गरिएको गरिएको छ । त्यसमा भवन निर्माण कार्य थाल्नको लागि गाउँ सभाले एक करोड बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।
त्यस्ते, भवन निर्माणका लागि स्थानीय विकास पूर्वाधार विभाग, काठमाडौंमा पहल गरी ११ करोड ५० लाखको प्रस्ताव पेश गरेको पालिकाका अध्यक्ष महतोले बताएका छन् । त्यसमा पूर्वाधार कार्यालयले लागतको ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत लगानी सम्झौता भएको बताइएको छ ।