३ असार २०८३, बुधबार Wed Jun 17 2026

चन्द्रनगर गाउँपालिकाद्वारा गाउँपालिका अन्तर्गतका सम्पुर्ण कार्यालय र विद्यालयमा फागुन १ गतेबाट इ हाजिरी गर्न निर्देशन



सर्लाही । चन्द्रनगर गााउँपालिका अध्यक्ष राजकुमार महतोले गाउँपालिका अन्तर्गतका सम्पुर्ण कार्यालय र विद्यालयमा फागुन १ गतेबाट इ हाजिरी गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष महतोले कार्यालयमा अनुपस्थित हुँदा सो दिनको कागजातसहित नियमनुसार कारण खुलाउन समेत अनुरोध गर्दै निमयनुसार गएल कट्ठी भैजाने व्यहोरा समेत गर्ने विज्ञप्तिमा भनिएको छ ।

साथै, उनले गाउँपालिका अन्तगर्तका कार्यालय र विद्यालयमा कार्यरत केहि कर्मचारी, शिक्षक विद्यालयमा नियमित उपस्थित हुने, आफू खुसी विदामा बस्ने, समयमा कार्यालय नआउने, समय सकिनुअघि नै कार्यालय छोड्ने, कार्यालय आउँदा तोकिएको पोशाकमा नआउने, परिचय पत्र नलगाउने, जस्ता उल्लेखित कार्य नगर्न विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, जनताको करबाट उठेको राजस्व जनतालाई नै सेवा प्रवाह गर्न प्रदान गरिएको तलब, सेवा सुविधा प्राप्त गर्ने शिक्षक कर्मचारी र जनप्रतिनिधिहरुले जनतालाई गुणस्तर सेवा प्रदान गर्न जिम्मेवार भई लाग्न अनुरोध गरेको गाउँपालिको जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ४ : २१ बजे