जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

कांग्रेसका नेता कर्मा घलेको निधन



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको ५९ वर्षको उमेरमा निधन भएको छ ।

प्रोस्टेट क्यान्सरबाट ग्रसित भएपछि लामो समयसम्म भारतमा उपचार गराएका घले केही समयदेखि नेपालमै उपचाररत थिए ।

मंगलबार शिक्षण अस्पताल काठमाडौंमा उपचारकै क्रममा उनको निधन भएको छोरा नर्बु घलेले जानकारी दिए ।

मनाङका स्थायी निवासी घले व्यवसायीसमेत हुन् । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी ०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेका थिए ।

तर, क्यान्सरका कारण अधिकतम उपचारमै समय बिताउन पर्दा संसद्मा उनले पूर्ण कार्यकाल सक्रिय भूमिका निभाउन पाएनन् । उनले लामो समय भारतको नयाँ दिल्लीमा रहेर उपचार गराएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १० : १९ बजे