जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

आप्रवासी महिला उद्यमीहरूको स्वास्थ्य र आर्थिक स्थिरता निर्माण गर्न ‘पौरखी नेपाल’लाई ५० हजार डलर सहयोग



काठमाडौं । आप्रवासी महिला उद्यमीहरूको स्वास्थ्य र आर्थिक स्थिरता निर्माण गर्न ‘पौरखी नेपाल’लाई मेटलाइफ फाउन्डेसनले ५० हजार डलर गर्ने भएको छ ।

फाउन्डेसनले पौरखी नेपालसँग गरेको सम्झौताअन्तर्गतको कार्यक्रमअनुसार पौरखीले यी महिलाहरूको जीविकोपार्जनका लागि आर्थिक क्षमता निर्माण गर्ने प्रयासलाई बलियो बनाउन काम गर्ने जनाएको छ ।

कार्यक्रममा मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले नेपालजस्ता देशका महिला उद्यमीहरूले आफ्नो व्यवसाय स्थापना र व्यवस्थापन गर्दा आर्थिक स्वास्थ्य सुधार गर्न थुप्रै चुनौती सामना गर्नुपरेको बताए ।

उनले भने, ‘यो कार्यक्रमले यस्ता महिलालाई आफ्नो उद्यम निर्माण गर्न र आफ्नो आम्दानी बढाउन, डिजिटल फुटप्रिन्टहरू सिर्जना गर्न र विभिन्न प्रकारका वित्तीय सेवाहरू पहुँच गर्न सहयोग चाहिन्छ ।

मेटलाइफ फाउन्डेसनको यो सहयोगले यी महिला उद्यमीहरूलाई दिगो जीवन र थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गरेर उनीहरूको जीवनमा परिवर्तन ल्याउनेछ ।’

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ५ : २३ बजे