३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

अन्य निकायको आयोजना कार्यान्वयन गर्दा पूर्वस्वीकृती लिनुपर्ने चन्द्रनगरगाउँपालिकाको निर्देशन



सर्लाही । चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले स्वीकृत आयोजना बाहेक अन्य निकायको आयोजना कार्यान्वयन गर्दा पूर्वस्वीकृती लिनुपर्ने बताएका छन् ।

महतोले स्वीकृत योजना बाहेक अन्य निकायबाट गाउँपालिका क्षेत्र भित्र आयोजना कार्यान्वयन गर्दा गाउँपालिकाको योजना संग दोहरोपन हुने,गाउँपालिकाको प्राथमिकता विपरित हुने, त्यस्तै गाउँपालिकाको मापदण्ड बमोजिम नहुने, अभिलेखिकरण गर्न कठिनाई हुने, आयोजना प्रारम्भ भई अधुरो अवस्थामा रहने, विभिन्न निकायबाट अभिलेख सूचना माग गर्दा गाउँ कार्यपालिकाको कार्यालयमा अभिलेख उपलब्ध नहुने र गुणस्तरको सुनिश्चितता गर्न कठिन हुने तितो यर्थाथको उल्लेख गर्दै विज्ञप्तीमा अनुरोध गरेका छन् ।

अध्यक्ष महोतोका अनुसार चन्द्रनगर गाउँपालिका क्षेत्र भित्र त्यस्ता आयोजना कार्यान्वयन गर्दा उपभोक्ता समिती गठन, सहजीकरण, अनुगमन र सुपरिवक्षेण जस्ता चन्द्रनगर गाउँपालिकाको गाउँ सभाको निर्णय अनुरुप गाउँ कार्यपालिकाको कार्यालयबाट अनिवार्य रुपमा पूर्वस्वीकृती लिएर कार्यान्वयन गर्न र गराउन अनुरोध गरेका छ ।

त्यस्तै नियम विपरित भएमा नियमानुसार हुने व्यहोरा समेत अनुरोध गरेको विज्ञप्तीमा भनिएको छ । साथै अध्यक्ष महतोले सहयोग, समन्वय र सदभावको लागि हार्दिक धन्यवाद् दिएका छन् ।


प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ३ : १५ बजे