काठमाडौं । काठमाडौं महानगरपालिकाले पुनः मैतीदेवी चोकको प्रहरी विटमाथि डोजर चलाएको छ । सो क्षेत्रमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण गरिएको थियो ।
नगर प्रहरीको टोली पुगेको डोजरले प्रहरी विट भत्काएको हो । प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको महानगरले जनाएको छ ।