काठमाडौं । सर्लाही चन्द्रनगर गाउँपालिकाकोे फाल्गुन २० गते नाढीमन ताल परिसरमा बालिका सम्मेलन २०७९ आयोजना हुने भएको छ । गाउँपालिकाले सन् २०३० सम्ममा बाल विवाहको अन्त्यका लागि राष्ट्रिय स्तरको बालिका सम्मेलन २०७९ आयोजना गर्न लागेको हो ।
चन्द्रनगर गाउँपालिकाको आयोजानमा संचालित राष्ट्रिय स्तरको बालिका सम्मेलनमा सहभागी हुने र सहकार्य गर्न इच्छुक संस्था र व्यक्तिलाई सम्पर्क गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
सन् २०३० सम्ममा बाल विवाहको अन्त्य गर्ने प्रतिवद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उदेश्यमा योगदान गर्न बालिका सम्मेलन २०७९ आयोजना गर्दै उक्त सम्मेलनमा पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको बहुक्षेत्रीय सरोकारवालाहरुको सहभागिता र चार वटै तहका बाल विवाह, दाइजो र शिक्षा सम्बन्धी सवालहरु केन्द्रित प्राविधिक संवाद सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।