मंसिर २९, २०८१ शनिबार Sat Dec 14 2024

कामपाका वडाहरुको ६ महिनाको बजेट खर्च औसत १९ प्रतिशत, सबैभन्दा धेरै प्रगति भएको वडा १६ र कम भएको वडा १७



काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाहरुको ६ महिनामा औसत १९ प्रतिशत मात्र बजेट खर्च भएको पाइएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो ६ महिनामा काठमाडौंका ३२ वटै वडाको औसत बजेट खर्च १८.८४ प्रतिशत रहेको महानगरको तथ्याङ्कले जनाएको छ ।

महानगरको धेरै वित्तीय प्रगति गर्ने वडामा १६ नम्बर वडा अगाडी छ । वडाध्यक्ष मुकुन्द रिजालको वडामा ५१ दशमलव ६२ प्रतिशत वित्तीय प्रगति भएको महानगरपालिकाको तथ्यांक छ । २०, १४, २३ र २६ वित्तीय प्रगति धेरै गर्ने वडाको सूचीमा छन् । यी वडाले क्रमशः ४९.४७, ४२.४, ४१.०५ र ३९.७८ प्रतिशत बजेट खर्च गरेका छन् ।

समीक्षा अवधिमा १० प्रतिशत भन्दा कम वित्तीय प्रगति गर्ने ८ वटा वडा छन् । जसमध्ये सबैभन्दा कम प्रगति गर्ने वडामा नवीन मानन्धर वडाध्यक्ष भएको वडा नम्बर १७ रहेको छ । १७ नम्बर वडाको ० दशमलव ७३ प्रतिशत मात्रै वित्तीय प्रगति भएको छ । वडा नम्बर ३० को २ दशमलव ७६, वडा नम्बर ११ को ४ दशमलव ५१, वडा नम्बर १३ को ५ दशमलव ६७, वडा नम्बर ७ को ५ दशमलव ८७, वडा नम्बर २२ को ६ दशमलव ८९, वडा नम्बर १५ को ८ दशमलव ८८, वडा नम्बर १ को ९ दशमलव ८७ प्रतिशत वित्तीय प्रगति देखिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ३ : ४५ बजे