२ असार २०८३, मंगलबार Wed Jun 17 2026

प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्र बैंकका गभर्नर राणाको निधनप्रति दुःख व्यक्त



काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालयशमशेर राणाको निधनमा दुस्ख व्यक्त गरेका छन्।

गभर्नर राणाको असामयिक निधनको खबरले स्तब्ध र दुखी बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डले आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

राणाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। निमोनियका कारण ९५ वर्षका उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि अस्पताल भर्ना भएका थिए।

हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । राणाका दुई छोरा र दुई छोरी छन्।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १२ : २९ बजे