मंसिर २०, २०८० बुधबार Wed Dec 6 2023

कामपाले ३२ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्दै



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरेको छ । यही माघ १५ मा कामपाले सेवा विस्तार गर्दै नौवटा वडाहरू २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ बाट प्रारम्भ गरेको सेवा अहिले ३२ वटै वडा कार्यालयमा विस्तार गरेको हो ।

यही माघ १० देखि सबै वडाबाट परिचयपत्र वितरण गर्ने भनिए पनि प्राविधिक काम बाँकी रहेपछि पञ्जीकरण विभागसँग छलफल गरी सोमबारदेखि सेवा सुरु गरिएको कामपाले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १० : ५५ बजे