१२ श्रावण २०८३, मंगलबार Tue Jul 28 2026

रहेनन् राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर



काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ। नर्भिक अस्पतालमा ९५ वर्षीय जबराको उपचारका क्रममा निधन भएको हो।

जबरालाई पार्किन्सन्सको समस्या र युरिया उच्च देखिएका कारण अस्पताल भर्ना गरिएको थियो। उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए। उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए।

उनले सन् १९८७ मा नेपालमा गोर्खा ब्रुअरी पनि स्थापना गरे। यस्तै पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक लिमिटेड स्थापना गरेर उनी अध्यक्ष पनि भए। उनी बैंक सञ्चालक समितिका प्रमुख सल्लाहकार थिए।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १० : ४१ बजे