२ असार २०८३, मंगलबार Wed Jun 17 2026

प्रतिनिधिसभा बैठक बस्दै



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसदको पहिलो अधिवशेनको सातौँ बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने भएको हो ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

बैठकमा त्यसअघि शून्य र विशेष समयमा सांसदहरूले विभिन्न विषयमा आफ्नो धारणा राख्नेछन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १० : १८ बजे