जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

कांग्रेसका जिल्ला सभापति बर्मा लामाद्वारा अग्नि पिडितलाई सहयोग गरिदिन अपिल



दोलखा । नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामाले अग्नि पिडितको लागि सहयोगको अपिल गरेका छन् । उक्त आगलागी कालिन्चोक ९ सुन्द्रावति कटुवा चौरमा भएको थियो ।

लामाले दोलखा कालिन्चोक ९ सुन्द्रावति कटुवा चौरमा भएको आगलागी को खवर पाउनसाथ सहयोगको अपिल गरेको बताएका छन् । उनले आफूले आज स्थलगत निरिक्षण गर्न पुगेँको समेत बताए ।

निरीक्षण गर्दै जाँदा ९ वटा घर तथा ब्यापारीक दृष्टिकोणले भण्डारण गरेको सम्पूर्ण सामाग्रीहरु जलेको र लगभग ५ करोड भन्दा माथि क्षेति पुगेको कुरा वडाध्यक्ष रामप्रसाद मैनालीले बताएको जनाकारी दिएका छन् ।

लामाले एकघर आम्सिक क्षति पुगेको देखिएको बताए । उनले अग्नी पिडित र स्थानीयवासीहरुसंग छलफल भेटघाट पनि गरेको बताए । उनले आफू लगायत नेपाली काँग्रेसकन जिल्ला प्रबक्ता राकेश श्रेष्ठ, भीमेश्वर २ को पुर्व वडाध्यक्ष बिराजमान श्रेष्ठ, नेपाल महिला संघको महाधिवेशन प्रतिनिधि लक्ष्मिकुमारी तामाङ र भीमेश्वर नगर सदस्य बाबू लामा समेतको उपस्थिति रहेको जानकारी दिए ।

त्यस्तै, लामाले अग्नि पिडितको लागि अल्पकालीन र दिर्घकालीन राहतको लागि सबैलाई हार्दिक अपिल गर्दै आफूले सकेको सहयोग गर्ने नै छौँ, भनी विस्वास दिलाएका छन् ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : २९ बजे