बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

क्रिकेट संघ र नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता हुँदै



नेपालगञ्ज । मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता नेपालगञ्जमा हुने भएको छ। मेयर कप पुरुष र उपमेयर कप महिलाको प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा हुने लागेको हो ।

पुरुषका बीचमा हुने मेयर कपमा २२ वटा टीमले भाग लिएका छन् भने महिलाको उपमेयर कपमा ६ वटा टीमले भाग लिएको संघका अध्यक्ष सरोबर प्रसाईले बताए । मेयर कपको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार तथा उपमेयर कपको विजेताले २५ हजार र उपविजेताले १५ हजार र ट्रफी पाउने अध्यक्ष प्रसाईले जनाएका छन् ।

प्रतियोगितामा दुवैतर्फका प्लेयर अफ द सिरिजलाई ११ हजार र ट्रफी तथा प्रत्येक म्याचका प्लेयर अफ द म्याचलाई एक हजार पुरस्कार राखिएको छ। मंगलप्र्रसाद स्कूलको खेल मैदानमा हुने प्रतियोगितामा मेयर कपमा ६ वटा विद्यालय र १६ वटा क्लव तथा उपमेयर कपमा ६ वटा विद्यालयले भाग लिएका छन्।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ६ : ५० बजे