काठमाडौं । नेपाल नगरपालिका संघको पहिलो कार्यसमिति बैठक गत माघ १८ गते सम्पन्न भएको छ । नगरपालिका संघको उक्त कार्यसमिति बैठक काठमाडौंमा सम्पन्न गरिएको हो ।
त्यसैगरी नेपाल नगरपालिका संघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच समझदारी भएको छ । विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयन समन्वय एवं सहजीकरणको लागि समझदारी भएको हो ।
नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल नगरपालिका संघबीच भएको समझदारी पत्रमा दुवै पक्षले संयुक्त हस्ताक्षर गरेका छन् ।
विद्यालय शिक्षा क्षेत्रमा कार्यक्रम योजना कार्यान्वयन र सहजीकरण गरिएको कार्यक्रम सम्मपन्न भएको छ । सो समझदारीले विद्यालयस्तरीय शिक्षा क्षेत्रमा सुधारका परिणाममूखी काम गर्ने विश्वास लिइएको छ ।