जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

स्वास्थ्यमा थप समस्या आएपछि पूर्वप्रधानसेनापति कटवाल आईसीयूमा



काठमाडौं । पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवाल सैनिक अस्पतालमा उपचाररत छन्। दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका कटवाल छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत छन्। स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा राखेर उपचार भइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

मृगौलामा समस्या देखिएपछि साताको दुई दिन डायलासिस गराइरहनु भएको थियो’, भण्डारीले भने, ‘थप समस्या देखिएपछि उनी म‌गलबारदेखि आईसीयूमा हुनुहुन्छ।’ कटवालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको प्रवक्ता भण्डारीले बताए।

कटवाल २०६३ भदौ २४ देखि प्रधानसेनापति भएका थिए। २०६६ साल वैशाख २० उनलाई प्रधानसेनापतिबाट हटाउने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रयास असफल भएको थियो। यही प्रकरणमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ९ : ५३ बजे