कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले हात्ति आतंकबाट प्रभावित आरक्ष पिडितलाई सोलार बत्ती वितरण गरेको छ । उक्त सोलार बत्ती लालझाडी गाउँपालिका ६ चन्देवका ३३ घरधुरीलाई सोलार बत्ती वितरण गरिएको हो ।
नगरपालिकाले जँगली हात्तिको आतंक बढ्दै गएपछि आतंक न्युनिकरण गर्न सोलार बत्ती वितरण गरिएको जनाइएको छ । त्यस्तै २० वाटको सोलार प्यानल,पावर कन्ट्रोलर सहित सोलार बत्ती वितरण गरिएको नगर प्रवक्ता हर्क बहादुर भुलले जनाएका छन् ।
सोलार बत्ती पाएपछि खुशी व्यक्त गर्दै केहि हदसम्म आतंक रोकथाम हुने उत्तम राना बताउँछन् । चान्देव आरक्ष विस्थापित शिविरमा समय समयमा हात्तीले धनजनको क्षती पु¥याउँदै आएको छ ।