बैशाख २०, २०८१ बिहिबार Fri May 3 2024

गृहमन्त्री रविलाई नै बनाउनुपर्ने माग गर्दै एक कर्मचारीले गरे आत्दाहको प्रयास



जुम्ला । नागरिकता विवादम सांसद पद गुमाएका रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा एकजनाले आत्मदाह प्रयास गरेका छन्।

जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि बाँकेको कोहलपुर घर भएका गोकर्ण कार्कीले बिहीबार पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हुन्।

भ्रष्टाचारीलाई कारवाही हुनु पर्छ, रवि लामिछानेले न्याय पाउनुपर्छ, गृहमन्त्री बनाउनुपर्छ भन्दै सरकारी कर्मचारीसमेत रहेका कार्कीले आत्मदाह प्रयास गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दै गर्दा प्रहरीले जोगाएको जुम्लाका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

यस्तै जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल एक पुरुषले आत्मदाहको प्रयास गरेको बताइन ।

रवि लामिछानेलाई गृह मन्त्री नबनाएको भन्दै आफ्नो शरीरमा आगो लगाउनु प्रयास गरेका तर बाँच्ने दिनमा, लाइटर नबलेको सहायक प्रमुख जिल्लाअधिकारी रिजालले जानकारी दिइन् ।

पुरुषले आफ्नो पूरै शरीरमा पेट्रोल झर्केका थिए। तर, आगो लगाउन खोज्दा लाइटर नबलेकाले जल्न नपाएको उनको भनाइ छ ।

बाँकेको कोहलपुर नगरपालिका–११ स्थायी घर भएका कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चालकका रुपमा कार्यरत थिए।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ४ : १८ बजे