बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

शुक्रबार गायक राजु लामाको ‘मंगोलियन हार्ट’सहित टर्टलमा लाइभ कन्सर्ट



काठमाडौं । काठमाडौंको ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा गायक राजु लामाले लाइभ कन्सर्ट गर्ने भएका छन् । लामाले शुक्रबार बेलुकी आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’सहित लाइभ प्रस्तुति दिने भएका हुन् ।

‘भ्वाइस अफ नेपाल’को कोच समेत रहेका लामाले कन्सर्टमा मंगोलियन हार्टका चर्चित गीतहरुमा प्रस्तुति दिने तयारी छ ।
टर्टलका सञ्चालक आयुष ठकुरीका भने, लामाले मंगोलियन हार्टका चर्चित गीतहरु पर्खाइमा भिज्यो सिरानी, तिमीलाई देखेर, हल्ला चलेछ, बादल पारीको देशबाट, म माया लाउँदिन, सायद तिम्रो बाटोमा लगायत गीतहरु प्रस्तुत गर्नेछन् ।

गत क्रिसमस इभमा सविन राईको लाइभ कन्सर्टसहित नयाँ स्वरुपबाट टर्टल क्लब सञ्चालनमा छ । केही सातासम्म अब हरेक शुक्रबार टर्टलमा चर्चित कलाकारहरूको लाइभ प्रस्तुति हुने ठकुरीको भनाइ छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ६ : २६ बजे