श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

भारतबाट भन्सार छली ल्याइएको गहूँ प्रहरीद्वारा बरामद



नवलपरासी । भारतबाट भन्सार छली गरेर ल्याइएको १३३ बोरा गहूँ प्रहरीले बरामद गरेको छ । उक्त गहूँ नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिका–५ बसहियाबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

भारतबाट भन्सार छली ल्याएको १३३ बोरा गहुँ स्थानीय कैलाश हजामको घरमा लुकाएर राखेको अवस्थामा फेला परेको नवलपरासी पश्चिमका डिएसपी भोजराज पाण्डेयले जनाएका छने ।

त्यसरी भारतबाट अवैध रुपमा भन्सार छली गरेर ल्याइएको करिब २ लाख मूल्य पर्ने ६ टन ६ क्विन्टल गहुँ महेशपुर भन्सार कार्यालयमा बुझाइने डिएसपी पाण्डेयको भनाइ छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १२ : ३७ बजे