सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ कक्षा पास गरी २० वर्ष उमेरपछि विवाह गर्ने दुई किशोरीलाई प्रोत्साहन र सम्मान स्वरुप जनही रु. ५० हजार प्रदान गरेको छ ।
बाल विवाहको अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच अभिवृद्धि गर्न गाउँपालिकाले सो प्रोत्साहन र सम्मान स्वरुप उक्त रकम हस्तान्तरण गरेको हो ।
त्यसरी सम्मान र प्रोत्साहन पाउनेमा चन्द्रनगर गाउँपालिका वडा नम्बर १ की नितु पण्डित र कान्ति कुमारी रहेका छन् । गाउँपालिकाले दुई छोरी तथा उनीहरुका परिवारलाई प्रोत्साहन र सम्मान स्वरुप उक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।
यस्तो कार्यले बाल विवाह हट्नुका साथै छोरीलाई पनि शिक्षाको समान पहुँचमा पु¥याउन सहयोग पुग्ने बताइएको छ ।