बैशाख २०, २०८१ बिहिबार Thu May 2 2024

एसका अध्यक्ष नेपाल र एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलबीच भेटवार्ता



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ ।

श्रोतले जनाए अनुसार सो भेटमा नेपालले नेकपा ब्यूँताउने भए आफू राष्ट्रपति बन्न तयार रहेको बताएका छन् ।

माधव निकट स्रोतका अनुसार राष्ट्रपति चयनका विषयमा भएको कुराकानीमा ‘अध्यक्षले नेकपालाई स्थापना गर्ने भए राष्ट्रपति बन्न आाफु तयार रहेको बताए ।

सत्ता गठबन्धन टुट्ने स्थिति आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव प्रधानमन्त्री प्रचण्डसामु राखेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ५ : १८ बजे