चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

पूर्वमन्त्री भीमबहादुर तामाङको स्मृतीमा अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता गरिने



दोलखा । आदर्श पुरुष एवं पूर्वमन्त्री भीमबहादुर तामाङको स्मृतीमा अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता गरिने भएको छ । उक्त प्रतियोगिता चेस होम दोलखाले गर्ने लागेको हो ।

सो अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको प्रथम पुरुष्कार १ लाख को रहेको अध्यक्ष गोविन्द मान श्रेष्ठले बताएका छन् । प्रतियोगितामा प्रमुख अतिथि भीमबहादुर तामाङ स्मृतिका केन्द्रीय अध्यक्ष तथा नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामा रहेका थिए ।

त्यसैगरी, कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतेको उपस्थिति रहेको थियो । कार्यक्रममा नव निर्वाचित बुद्धिचाल संघका अध्यक्ष इन्द्र बस्नेतलगायतलाई बधाई तथा शुभकामना दिएको चेस होम दोलखाले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १० : ५५ बजे