बैशाख २०, २०८१ बिहिबार Thu May 2 2024

सत्तारुढ गठबन्धनको भर नभएको अध्यक्ष नेपालको दाबी



काठमाडौं । नेकपा एसका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था सिर्जना हुने बताएका छन् ।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने खतरामा परेको दावी गरेका छन् । अध्यक्ष नेपालले राष्पति निर्वाचन पहिला राजनैतिक कोर्षको बारेमा पूर्ण रुपमा थाहा हुने उल्लेख गरेका छन् । अहिले राष्टपतिका वारेमा विभिन्न भनाईहरु बाहिररहेका बेला सबै कुरा विश्लेशन गर्दा अब गठबन्धन लामो समयसम्म टिक्न नसक्ने अवस्था रहेको देखिएको छ उनले भने ।

काठमाडौंको कीर्तिपुरमा आज आयोजित पार्टी निकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटनमा सबै पद आफैंले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हावी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने उनको भनाइ छ । अबको राष्टपनिको निर्वाचन नजिकै आएकाले अबको हप्ता दिनमा निर्णय आउन सक्ने भएकाले लामो समय कुर्नु नपर्ने समेत उनले जानकारी दिए ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीमा काँग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान कि भन्ने चिन्ता छाएको समेत उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भएको आरोप समेत लगाएका छन् ।

अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरी मण्डलेहरु जाग्न लागेको बताए । उनका अनुसार पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रिय सदस्य दूर्गा प्रसाईलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको तर्क समेत गरे।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ३ : ४७ बजे