जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने विश्वप्रकाशको दाबी



सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् । आइतबार बिहान सुर्खेत पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै शर्माले पार्टीकै कमजोरीको कारण कांग्रेस सत्ता बाहिर पुगेको बताए ।

समाजका सबै मान्छेहरूमा असन्तुष्टि बढिरहेको वर्तमान सत्ता समीकरण धेरै नटिक्ने दाबी गरे । वर्तमान गठबन्धन एम्बुस‌ थापेर बनेको शर्माको टिप्पणी थियो । चुनावअघिको गठबन्धन कुनै एम्बुस थापेर नभई समयको आवश्यकताले बनेको उनको जिकिर थियो ।

कार्यक्रममा उनले नेपाल देशलाई चिन्नका लागि कर्णाली बुझ्नुपर्ने बताए। कर्णालीलाई समृद्ध नबनाई नेपालको समृद्धि हुन नसक्ने उनको भनाइ थियो । नेपाल देश चिन्नका लागि कर्णाली पैदल हिँड्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १ : ०५ बजे