जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस नेताहरूको कितिपुर अपस्तालमा भिड



काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे चासो राख्दै कीर्तिपुर बर्न अस्पतालमा पुग्नेहरू बढिरहेका छन् । यतिबेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित सिंगो कार्यसमिति नै अस्पतालमा जम्मा भएको छ ।भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्यबारे जानकारी लिन बिहीबार बिहानैदेखि कांग्रेस नेताहरू अस्पताल पुगेका हुन् ।

कांग्रेस सभापति देउवाले केही बेरअघि अस्पताल पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । कांग्रेस उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू विमलेन्द्र निधि, डा।शशांक कोइराला, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, दीपक गिरी, प्रदीप पौडेललगायत अस्पतालमा भेला भएका छन् ।

बुधबार राति १० बजे बुद्धनगरस्थित भण्डारीनिवासमा ग्यास चुहिएर विस्फोट हुँदा सांसद भण्डारीसहित उनकी आमा जलेकी थिइन् । हरिकलाको निधन भइसकेको छ । चन्द्र भण्डारीलाई भारतको मुम्बईस्थित नेसनल बन्र्स अस्पताल लैजाने तयारी भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १२ : ५१ बजे