जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन



काठमाडौं । गएराति खाना पकाउने ग्याँस सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार बिहान १० बजेर ५७ मिनेटमा कीर्तिपुर अस्पतालमा उपचारको क्रममा ८९ वर्षकी आमा हरिकलाको निधन भएको हो ।

आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।

गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १२ : ४८ बजे