काठमाडौं । चन्द्रनगर गाउँपालिकाका १ स्थित श्री जनता माध्यमिक विधालय किसनपुरमा विधार्थी, प्र.अ.र शिक्षकसँग अन्तरक्रिया सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न विषेश पहल थालेका छन् ।
महतोले तीन वटा माध्यमिक विधालयमा कक्षा १० मा अध्ययनरत विधार्थीहरु, प्रधानाध्यापक र शिक्षक, शिक्षा शाखाका कर्मचारी तथा प्रमुख प्रशासकीय अधिकृत सहित विधालयमै गएर एसइई नतिजा सुधार गर्न अन्तरक्रिया थालेका छन् ।
सम्पन्न अन्तरक्रियामा तपसिल बमोजिम आएको यस्तो निष्कर्श :
१. एसइई २०७९ को लागि रजिष्ट्रेशन गराएका ५० जना विधार्थी मध्ये आज कक्षामा १६ जना मात्र उपस्थित रहेको थियो । विधालयले पहल गर्दा गर्दैै पनि बांकी विधार्थीहरु नियमित कक्षामा सहभागी नहुने गरेको अवस्था पाइयो ।
२. चैत्र १७ गते देखि संचालन हुने एसइईको तयारीको लागि कक्षा १० को सबै विषयका अधिकांश पठन पाठन सम्पन्न भई सकेको र बांकी केही पाठहरु पनि छिटै सम्पन्न हुने योजना रहेको जानकारी प्राप्त भयो ।
आवश्यक अन्तरक्रियाबाट आएका सल्लाह सुझावः
१.एसइई नतिजा सुधार गर्नको लागि ५० जनै विधार्थी र वहांहरुको अभिभावक सहितको छलफल बैठक यथाशिघ्र बसाउने ।
२.फाल्गुन १५ देखि चैत्र १५ गते सम्म एसइई दिने विधार्थीहरुलाई विषेश अतिरिक्त कक्षा गाउँपालिकाको सहयोगमा विधालयले संचालन गर्ने
३. विषेश अतिरिक्त कक्षा संचालन गर्नु पुर्व एसइई दिने विधार्थीहरुलाई सबै विषयको आन्तरीक टेस्ट परिक्षा संचालन गर्ने जसले गर्दा विधार्थीलाई कहां सुधार गर्नु पर्ने हो आधार तय हुनेछ ।
बांकी दुई वटा माध्यमिक विधालयमा यस हप्तामै उक्त अन्तरक्रिया सम्पन्न गरेर प्राप्त सल्लाह सुझाव तथा सृजनात्मक आइडियामाथि गाउँ शिक्षा समितीको बैठकमा निर्णय गरेर एसइई नतिजा सुधारका विषेश क्रियाकलाप लागु गरिने गाउँपालिकाले जनाएको छ ।