बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

नेपाल नेत्रज्योति संघद्वारा विद्यार्थीको निःशुल्क आँखा तथा कान परीक्षण



काठमाडौँ । मुगुमा चार हजारभन्दा बढी विद्यार्थीको निस्शुल्क आँखा तथा कानको जाँच गरिएको छ । नेपाल नेत्रज्योति संघ मुगु, आँखा उपचार केन्द्रले मुगुमा ४ हजार १८१ विद्यार्थीको निःशुल्क आँखा तथा कान परीक्षण गरेको हो ।

किर्डाक नेपाल विश्व शिक्षा र युनिसेफको सहयोगमा सञ्चालित प्रारम्भिक कक्षा सिकाई कार्यक्रमअन्तर्गत केही दिनदेखि सञ्चालन गरिएको कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुको आँखा र कान परीक्षण गरिएको हो ।

मुगुको चार स्थानीय तह छायाँनाथ रारा नगरपालिका, मुगम कार्मारोङ , सोरू र खत्याड गाउँपालिकामा रहेका सम्पर्ण १४० विद्यालयमा १ देखि ३ कक्षासम्मका बालबालिकाहरुको आँखा र कान परीक्षण गरिएको नेपाल नेत्र ज्योति संघका केन्द्रिय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ३ : १७ बजे