सर्लाही । चन्द्रनगर गाउँपालिकाले कृषि विद्युतीकरणमार्फत सिचांईका लागि प्रयोग हुने विद्युत महसुल तिर्ने भएको छ ।
उक्त विद्युत महशुल किसानले जडान भएको कृषि विद्युत मिटरमा उठेको बिल गाउँ कार्यपालिकाको कार्यालयमा बुझाउनेछन् र सोही अनुसार गाउँपालिकाले एकमुष्ट रूपमा विद्युत प्राधिकरणलाई बिल भुक्तानी गर्ने गाउँपालिकाले जनाएको छ ।
खेतमा कृषि विद्युत मिटर पुर्याउन कृषि मिटर जडान सञ्चालन भइसकेको गाउँपालिकाले जनाएको छ।