३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

नेकपा एसले पनि राष्ट्रपतिको उम्मेदवार उठाउने



धनगढी । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेवार समाजवादीले पनि उठाउन सक्ने बताएका छन् ।

आज ९मंगलबार० प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने बताएका हुन् ।

उनले अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने सम्भावना नदेखिको पनि बताए । राष्ट्रपतिको निर्वाचनको विषयमा सबै राजनीतिक दलले सुझबुझपूर्ण तरिकाले निर्णय लिनुपर्ने उनको भनाइ छ ।

‘राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण एजेन्डा हो । यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दुरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुर्याउनु पर्छ,’ खनालले भने, ‘त्यसका लागि सबै पार्टीहरू राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ ।’

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ३ : ४९ बजे