कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिकामा गाउँपालिका स्तरीय ‘राष्ट्रपति रनिङ्ग शिल्ड २०७९’ प्रतियोगिता सुरु गरिएको छ ।
उक्त प्रतियोगिता गत शनिवारदेखि पालिकाको वडा नम्बर ३ फल्लेबिसौनास्थित शान्ति माविको खेलमैदानमा शुरु भएको हो । प्रतियोगिता वडा नम्बर १ का वडा अध्यक्ष प्रेमबहादुर बुढाको सभापतित्वमा सुरु भएको हो ।
कार्यक्रमको प्रमुख अतिथी गाउपालिका अध्यक्ष देविदत्त उपाध्याय हिम शिखर, बिशिस्ट अतिथि सोही गाउँपालिकाका उपाध्यक्ष कमल बहादुर साउद र प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की रहेका थिए ।
त्यसैगरी अन्य अतिथिहरुमा नेपाली काँग्रेस मोहन्याल गाउँपालिका उपसभापति मानबहादुर मास्की, नेकपा एमाले मोहन्याल गापा ईन्चार्ज खर प्रसाद अधिकारी र नेकपा माओवाद केन्द्र मोहन्याल गापाका सचिव सुरेन्द्र जैसीलगायतको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा मोहन्याल गाउँपालिकाका बिधालय निरीक्षक टेकबहादुर साउदको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा शान्ति माध्यमिक विद्यालय फलेबिसौनाका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष अमरबहादुर टमट्टालगायतले शुभकामना मनतब्य राखेका थिए ।
प्रतियोगितामा यहाँका सामुदायिक ९ वटा विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगितामा ९ वटा सामुदायिक विद्यालयको सहभागी छन् । दुई दिन चल्ने प्रतियोगितामा कबडी, भलिबल १०० देखि ३ हजार मिटरसम्मको रिले दौड, हाइजम्प, लमजम्प, सट्फुटलगायत खेलमा छात्र, छात्राले लिएका छन् ।
कार्यक्रमको संचालन त्रिवेनी माध्यमिक बिधालयका प्राधानाध्यापक दानबहादुर बोहराले गर्नु भएको थियोे । उक्त प्रतियोगितात्मक खेलमा श्री राष्ट्रिय मावि सोल्टाको पदक तालिका यस प्रकार छ ।
जस्तै ः १०० मि दौडस्हेमन्त बिस्ट प्रथम सोल्टा, १०० मि दौड जुना बि क प्रथमसोल्टा, २०० मि दौड वीरेन्द्र शाही प्रथम सोल्टा, २०० मि दौड जुना बि क प्रथम सोल्टा, ४०० मि दौड स् बिरेन्द्र शाहि द्वितीय सोल्टा, ४०० मि दौड स् मनिशा भन्डारि प्रथम सोल्टा, सटपुट छात्र प्रेम वि। क प्रथम सोल्टा, सट्पुट छात्रा सपना शाही प्रथम सोल्टा गरी जम्मा खेल ८ मा ७ स्वर्णसहित अगाडि रहेको छ । त्यसैगरी ४०० मिटर दौड छात्रतर्फ बढीगाउँका द्रोण थापामगर प्रथम सोल्टा, द्वितीय भएका छन् ।