चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

नेपाल चिकित्सक संघले घोषणा गरेको आन्दोलन स्थगित



काठमाडौँ । नेपाल चिकित्सक संघले पूर्वघोषित आन्दोलन फिर्ता लिने भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा (आइतबार) बिहान भएको वार्तामा जारी आन्दोलन फिर्ता लिएर अस्पताल पुनः सञ्चालन गर्न सहमत भएको हो । केहीवेरमा मन्त्रालयले औपचारिक सुचना प्रकाशित गर्ने स्रोतले जनाएको छ ।

सरकारसंग ६ बुँदे सहमति भएपछि नेपाल चिकित्सक संघले आन्दोलन स्थगित गरेका हुन ।

गत शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारेपछि उपचारका लागि अस्पतालमा आएका विरामीहरु अलपत्र परेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १ : ०२ बजे