माघ ५, २०८१ शनिबार Sat Jan 18 2025

गरिब दुःखीलाई महानगरको ज्यादती कहिलेसम्म ?



काठमाडौं । काठमाडौं महानगरपाकिाले मकै बेच्दै गरेकी एक महिलामाथि ज्यादती गरेको छ । आफू बाच्न र सासु ससुरालाई बचाउन मकै बच्दै आइरहेको उनको बाध्यता भएको बताउँछिन् ।

सामाजिक सञ्जालमा पत्रकारसँग बोल्दै, उनले भनेकी छिन्, महानगरले गरिब दुःखीलाई गरिखान दिँदैन, काम गर्न सक्दिन्, हातको औला पनि आगोले पोलेर छैन । मकै बेचेरै सासु ससुरा पालिरहेको छु । उनी भन्छिन् मकै बेच्नु मेरो बाध्यता हो, काम गर्न सकेको भए म काम गर्थे ।

हातको औलाले काम गर्न सक्दीन् । बिहान र बेलुका मकै बेच्न नदिँदा आफू दुःखी भएको बताइन् । सरकारले गरिब दुःखीलाई वेवास्था नगरेकै कारण आफूहरुले गरिखान नपाएको उनी बताउँछिन् ।

एउता नियममा समय तोकिदिएर काम गर्न दिएको भए आफूले ठुलो राहत पाउने बताइन् ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ४ : ४५ बजे