बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

आर्थिक अभावकै कारण शिक्षाबाट बञ्चित नहुन दिन निःशुल्क पढाउँदै गल्याङ नगरपालिका



स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने भएको छ । नगरपालिकाले नगरभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा अध्ययनरत गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै निःशुल्क अध्ययन गराएको हो ।

नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरतमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

क्याम्पसमा अध्ययन गर्ने अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई मासिक शुल्कवापत जनही १० हजार आठ सय प्रदान गर्दै कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई मासिक तीन सयका दरले वर्षभरिको तीन हजार छ सय उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

पूर्ण छात्रवृत्ति प्राप्त गरेको विद्यार्थी उत्तीर्ण भएमामात्रै अघिल्लो कक्षा अध्ययनका लागि पुनः छात्रवृत्ति प्राप्त गर्ने र अनुत्तीर्ण भएकाले भने उक्त सुविधा अघिल्लो कक्षामा नपाउने उनले नगरपाकिाले जनाएको छ । आर्थिक अभावकै कारण कोही पनि शिक्षा प्राप्त गर्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित नगरपालिकाले यो अभियान थालेको हो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १ : ०५ बजे