माघ ५, २०८१ शनिबार Sat Jan 18 2025

रम्भा गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकका लागि ‘च्यावनप्राश’को उत्पादन



रुपन्देही । पाल्पाको रम्भा गाउँपालिकाले गाउँमै पाइने जडीबुटीबाट च्यावनप्राश उत्पादन गरेको छ । नागरिक आरोग्य सेवा केन्द्र र रम्भा गाउँपालिकाले विभिन्न खालका जडीबुटीबाट पौष्टिक आहार ‘च्यावनप्राश’ उत्पादन गरेको हो ।

पौष्टिक आहारका रूपमा प्रयोग हुने च्यावनप्राश गाउँमै पाइएका विभिन्न खालका जडीबुटीबाट तयार गदै पालिकाभरिका ज्येष्ठ नागरिकलाई पौष्टिक आहारको रूपमा वितरण गर्ने गरी च्यावनप्राश उत्पादन गरिएको नागरिक आरोग्य सेवा केन्द्रले जनाएको छ ।

रम्भा गाउँपालिकाले उत्पादन गरेको च्यावनप्राश आयुर्वेदको चरक समीताको रसायन ग्रन्थमा टेकेर तयार गरिएको जनाएको छ ।गाउमै उत्पादन भएको च्यावनप्राशको उपयोगले ज्येष्ठ नागरिकमा भएका बाथ रोग, श्वासप्रश्वास, टाउको दुखाई र चिसो लाग्ने समस्या समाधान गर्न सहयोग पुग्ने आयुर्वेदका चिकित्सकले जनाएको छ । पालिकाले उत्पादन गरेको च्यावनप्राश हाल पालिकाभित्रका ज्येष्ठ नागरिकलाई वितरण गरिएको छ ।

पालिकाभित्रका ७० वर्षभन्दा माथिका एक हजार २८२ ज्येष्ठ नागरिकलाई च्यावनप्राश वितरण गर्ने योजना रहेको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १२ : ४७ बजे