माघ ५, २०८१ शनिबार Sat Jan 18 2025

जीतपुरसिमरा उपमहानगरद्वारा स्वास्थ्य केन्द्रलाई स्तर उन्नति गर्न २४ घण्टा आकस्मिक र प्रसूति सेवा सञ्चालन



बारा । जीतपुरसिमरा उपमहानगरले प्राथमिक स्वास्थ्य केन्द्रलाई नै स्तर उन्नति गर्न २४ घण्टा आकस्मिक र प्रसूति सेवासहित अस्पताल सञ्चालनमा ल्याएको छ ।

उक्त २४ घण्टा आकस्मिक र प्रसूति सेवा उपमहानगरको वडा नं २ बाट सुरु गरेको हो । त्यस्तै, अस्पतालले बहिरङ्ग (ओपिडी) सेवालाई ५ बजेसम्म सञ्चालनमा ल्याइएको छ ।

तत्कालका लागि शल्यक्रिया बाहेकको प्रसूति सेवा उपलब्ध गराउने अस्पताल प्रशासनले जनाएको छ । आवश्यक स्रोत साधनको उपलब्धता पछि शल्यक्रिया सहितको सेवा प्रवाह गर्ने जीतपुरसिमरा उपमहानगरले जनाएको छ ।

तत्कालका लागि डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीहरूलाई आन्तरिक श्रोतबाट नै व्यवस्थापन गर्ने गरी अस्पतालको सुरुवात गरिएको छ उपमहानगरले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १२ : ३४ बजे