काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल ल क्याम्पसबीच निःशुल्क कानुनी सेवा उपलब्ध गराउन समझदारी भएको छ । महानगर अन्तर्गतका ३२ वटै वडा कार्यालयहरूमा कानूनी परामर्श दिने भएको हो ।
महानगरवासीलाई सबै वडा कार्यालयहरूबाट कानुनी तथा सामान्य किसिमका लिखत तयार गर्न, मौखिकरुपमा कानुनी परामर्श सेवा दिने कार्य हुनेछ । नेपाल ल क्याम्पसमा अध्ययनरत एलएलएम, एलएलबी तथा विएएलएलबी तहमा अध्ययनरत विद्यार्थीहरूलाई कार्यालय अवधिभर वडा र केन्द्रीय कार्यालयमा बसी सेवा प्रदान गरेबापत १५ हजार मासिक सुविधा दिने भएको छ ।